जिल्ला प्रशासन कार्यालय अगाडि सरसफाई



अनिल खत्री -माघ २९ ।

कुनै बेला गुल्मीमा प्रमुख जिल्ला अधिकारी सहित सरकारी गैर सरकारी स्थानीय समेत तम्घस बजार सरसफाई गर्न कुचो लिएर हिडने गर्दथे । तम्घास बजार सरसफाई गर्न टोलटोलमा समिति बनाएरै कार्यक्रमहरु गरिदै आएको पनि थियो ।
यसले गर्दा तम्घास बजार सुन्दर सफा देखिन्थ्यो । तर पछिल्लो दिनहरु त्यस्ता गतिबिधीहरु हुन सकिरहेका छैनन् जसले गर्दा बजारको सरसफाईमा अव्यवस्थित बन्दै गएको छ ।
सरसफाइदा ध्यान नदिदा जिल्ला सदरमुकाम तम्घासमा रहेको प्रशासन कार्यालय अगाडी लामो समयसम्म फोहोरै फोहोरले भरिएर दुरगन्धीत बन्यो । जसले गर्दा तम्घास बजारमा आउनेहरुलाई फोहोरले गिज्याई दियो ।
त्यसैमाथी प्रशासन कार्यालय अगाडी अव्यवस्थित पार्किनले प्रशासन कार्यालयमा सेवा लिन समेत कठिनाइ हुने अबस्था आयो । तर जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले सरसफाई गरेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ र डिवाइट युवा क्लबले जिल्ला प्रशासन कार्यालय अगाडि सरसफाई गरेको रेसुङ्गा नगरपालिका नम्बर–८ का वडाध्यक्ष भरत भलामीले बताए । जिल्ला प्रशासन कार्यालय अगाडिको ठाउँमा पहिला जस्तो सरसफाई थियो पुनःत्यही अवस्थामा लिनको लागि सरसफाई कार्य अगाडि बढाएको वडाध्यक्ष भलामीले बताए ।
प्रशासन अगाडि पहिला धेरै सरसफाई थियो । तर पछिल्लो समय प्रशासन अगाडि भौतिक निर्माणका कार्य गर्दा फोहोर भएका कारण सरसफाई गरिएको होे ।
बिगत लामो समय देखि साबिकको लाकुरी मञ्च र जिल्ला प्रशासन कार्यालय अगाडी फोहोर र धुलो मैलो रहेको थियो । प्रशासन कार्यालय अगाडी जिल्ला खेलकुद भवन, किरण पुस्तकालयको भवन निमार्णसँगै लाकुरी मञ्चमा थ्रीडी पार्क निमर्ण गर्दा निमार्ण सामाग्रीले प्रशासन क्षेत्र कुरुप बनेको थियो ।
प्रशासन कार्यालय अगाडी अव्यवस्थित पार्किनले अस्तव्यस्त भएपछि अहिल व्यवस्थित तबरले गर्न थलिएको छ । सरकारी कार्यालय अगाडी भएको फोहोर र लाकुरी मञ्चमा रहेको थ्रीडी पार्क फोहोर भएको प्रति यहाँका सरोकारवालाहरुले आवाज उठाइ रहेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता