जिपको ठक्कर बाट सत्यवतीमा बालीका घाइते




डि.बि खड्का गुल्मी ।
जिपको ठक्कर बाट गुल्मीमा एक जना बालीका घाइते भएकी छन् । सत्यवती गाउँपालिका वडा नम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा तीन वर्षीया आयुषी भण्डारी घाइते भएको सत्यवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।
घाइते बालीकाको जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरे  पछि पाल्पा रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत  भण्डारीले बताए । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय जोहाङले नियन्त्रणमा लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता