जमलपोखरा माविका विद्यार्थीलाई स्वास्थ्य र शिक्षा सम्बन्धि प्रशिक्षण !



पुस २२ गुल्मी ।

मालिका गाउँपालिका -५ छापहिले स्थित जमलपोखरा माध्यमिक विद्यालयले विद्यार्थीलाई स्वास्थ्य र शिक्षा सम्बन्धि प्रशिक्षण दिइएको छ ।
वडा कार्यालय र छापहिले स्वास्थ्य चौकीको सहकार्यमा विद्यार्थीलाई प्रशिक्षण दिईएको वडा अध्यक्ष रेखा कुमार जिसीले जानकारी दिए ।
कक्षा ८,९ र १० का करिब ९० जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
किशोर किशोरी अबस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन , मस्तिष्कमा पर्ने सकारात्मक तथा नकारात्मक असर , लागू औषध तथा दुर्व्यसनी बाट कसरी बच्ने भन्ने बारेमा प्रशिक्षण दिईएको स्वास्थ्य चौकीका इन्चार्ज देव बहादुर महताराले जानकारी दिए । त्यस्तै शिक्षा क्षेत्र तर्फ वर्तमान अबस्थामा शिक्षाको महत्त्व , अध्ययन गर्ने विधि, पढाइ प्रती रुचि कसरी बढाउने भन्ने बारेमा प्रशिक्षण दिईको शिक्षक अशोक जिसीले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा कार्यपालिका सदस्य दिपा महतारा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र खड्का लगायतको सहभगिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता