जनयुद्ध दिवसको पुर्व सन्ध्यामा अखिल (क्रान्तिकारी) गुल्मी द्धारा दीप प्रज्वलन 



प्रिया ज्ञवाली-माघ २९ गुल्मी ।

२७ औं जनयुद्ध दिवसको पुर्व सन्ध्यामा अखिल (क्रान्तिकारी)गुल्मीले दीप प्रज्वलन गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट उक्त विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय अगाडी दीप प्रज्वलन गरेको सो सङ्ठनका जिल्ला संयोजक राज खड्काले जानकारी दिए ।
अहिलेको यो परिवर्तन जनयुद्धकै जगमा भएका कारण जनयुद्ध दिवसलाई स्मरण गर्दै पुर्व सन्ध्यामादीप प्रज्वलन गरिएको सो सङ्ठनले उल्लेख गरेको छ ।
जनयुद्धका कारण भएका उपलब्धिको रक्षा गर्दै नयाँ क्रान्तिमा जोडिनु पर्ने अवस्था आएको अखिल (क्रान्तिकारी) गुल्मीका संयोजक खड्काले बताए ।
साथै जनमत संग्रह बाट देशको व्यवस्था बदल्न जनता लाई अधिकार दिनु पर्ने धारणा खड्काले राखेका थिए।
२०५२ साल फागुन १ गते देखी प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं महान जनयुद्धको बाटोमा अगाडी बढौ भन्ने मुल नाराका साथ जनयुद्ध सुरु भएको थियो ।
२७ औं जनयुद्ध दिवससको अवसरमा भोली नेपाल कम्युनिस्ट पाटी गुल्मीले विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता