“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न



गुल्मी भदौ ८ ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी, जन जनमा माओवादी” अभियानले जनतामा उत्साह भर्दै गएको छ । जनतासँग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो ३ महिने अभियानले सकारात्मक प्रभाव पार्दै माओवादीको महत्त्व र माओवादीले बोकेका एजेन्डा जनता माझ राख्न पाउने सुनौलो अवसर प्रदान गरेको छ ।
यहीँ अभियानलाई निरंतरता दिदै शुक्रबार गुल्मीको चन्द्रकोट गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गुल्मी जिल्ला संयोजक युवराज केसीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा कमिटिका अध्यक्षहरुले रिपोर्टिङ गदै ३ महिने अभियानलाई सफल पार्ने बताएका थिए । भदौ १६ गते देखि ८ वटै वडाहरुबाट अभियान सुरु गरिने माओवादी केन्द्र चन्द्रकोटले जनाएको छ ।
बैठकमा बोल्ने वक्ताहरुले माओवादीको नेतृत्वमा देशमा ठुला– ठुला क्रान्ति सफल हुनुका साथै जनताको जिवनशैलीमा आमूल परिवर्तन लिएको बताएका थिए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरुवात गरेको उल्लेख गर्दै यस अभियानलाई सबैले साथ दिनु पर्ने उनिहरुको भनाई थियो । चन्द्रकोट गाउँ कमिटिका अध्यक्ष टंकबहादुर केसीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बिहिबार सत्यवती गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको थियो भने शनिबार कालीगण्डकी गाउँपालिका गुल्मीमा तयारी बैठक बस्दै छ । जिल्लाका अन्यत्र स्थानमा पनि ३ महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता