जनतामा उत्साह भर्दै माओवादी , रेसुङ्गामा भदौ १६ देखि विशेष अभियान सुरु हुँदै 



भदौ ८ गुल्मी ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी ,जन जनमा माओवादी ´´ अभियानले जनतामा उत्साह भर्दै गएको छ ।
जनता संग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो तीन महिने अभियानले सकारात्मक प्रभाव पार्दै माओवादीको महत्त्व र माओवादीले बोकेका एजेन्डा जनता माझ राख्न पाउने सुनौलो अवसर प्रदान गरेको छ ।
यहीँ अभियानलाई निरंतरता दिदै आज रेसुङ्गा नगर कमिटीले आफ्नो पुर्ण बैठक सम्पन्न गरेको छ ।
नगर कमिटी अध्यक्ष गिरी महाकिमको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै आगामी रणनीति समेत तयार पारेको हो ।
बैठकको प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र गुल्मीका इन्चार्ज वीर बहादुर कार्कीले माओवादीको नेतृत्वमा देशमा ठुला- ठुला क्रान्ति सफल हुनुका साथै  जनताको जिवनशैलीमा आमूल परिवर्तन लिएको बताए ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरुवात गरेको उल्लेख गर्दै यस अभियानलाई सबैले साथ दिनु पर्ने इन्चार्ज कार्कीले उल्लेख गरे ।
बैठकमा माओवादीका जिल्ला तह देखि प्रदेश तथा केन्द्र सम्मका नेताले प्रशिक्षण मुलक मनतव्य राखेका थिए ।
नेकपा माओवादी केन्द्र रेसुङ्गा नगर कमिटीले भदौ १४ गते भित्र सबै वडामा बैठक सम्पन्न गर्दै आवश्यक तयारी पूरा गर्ने र भदौ १६ गते देखि तीन महिने अभियानको  सुरुवात  गर्ने जिल्ला सचीव अशोक थापाले जानकारी दिए ।
जिल्लाका अन्यत्र स्थानमा पनि तीन महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता