छापहिले माविद्वारा खाजा खर्च जोगाएर उपचारबाट बञ्चित भएकी किशोरीलाई आर्थिक सहयोग



१३ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका -५ स्थित छापहिले माद्यामिक विद्यालयले आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएकी एक किशोरीलाई आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाकै वडा नम्बर ४ अर्खबाङकी १९ वर्षीया हिमा लम्सालको उपचारको लागि विद्यालयले ८ हजार ५ सय ५५ सहयोग प्रदान गरिएको शिक्षक लोकेश गिरिले जानकारी दिए ।

विद्यालयका सबै शिक्षक तथा विद्यार्थीले आफ्नो सो इच्छाले एकदिनको खाजा खर्च बराबरको रकम सङकलन गरेर शुक्रबार किशोरीका बाबुलाई हस्तान्तरण गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ । साथै घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ ।

गत माघ २० गते घास काट्ने क्रममा भिरबाट लडेर ढाड भाँचिएर गम्भीर घाइते भएकी लम्सालको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता