छत्रकोटमा ५० हजार राशिको ′अध्यक्ष कप ‵ भलिबल प्रतियोगिता हुँदै !



फागुन १९ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप अन्तर्गत विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।
वडा स्तरीय खुल्ला महिला ,पुरुष भलिबल प्रतियोगिता र दुई उमेर समूह बीच ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिए ।
पुरुष भलिबल तर्फ प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार,३० हजार,२० हजार र दस हजार सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिला तर्फ ३० हजार,२० हजार ,१५ हजार र १० हजार प्राप्त गर्ने शिक्षा शाखाका प्रमुख टिकाराम आचार्यले जानकारी दिए ।

त्यस्तै दुई उमेर समुहमा विभाजित गरेर ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना गरिएको छ । जहाँ ४० वर्ष मुनिको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः २० हजार ,१५ हजार र दस /दस हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा , ४० वर्ष माथीको उमेर समुहमा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेले १२,८ र ५/५ हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छत्रकोट गाउँपालिकले जानकारी दिएको छ ।

कर्मचारी र जनप्रतिनिधि बिच हुने मैत्रीपुर्ण भलिबल प्रतियोगिताको बिजेताले नगद २० हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
खेल र खेलाडीको वृद्धि विकास संगै आत्मीयता बढाउने उदेश्यले विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
प्रतियोगिता वडा नम्बर पाँचको खर्ज्याङ्ग खेलमैदान फागुन २५ र २६ गते सञ्चालन हुने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता