चैते दशैंको दिन मालिका गाउँपालिकाले सार्वजनिक बिदा दिने !



चैत १४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले (चैत १५) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।

हिन्दुहरुको पर्व चैते दशैंको दिन गाउँपालिका भित्रका विभिन्न मठ, मन्दिरमा धार्मिक पूजापाठ हुनुका साथै मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।

चैत १३ गते बसेको कार्यापालिकाको वैठकले उक्त निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तराज भुसालले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

सार्वजनिक बिदाको दिन गाउँपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, शिक्षण तथा स्वास्थ्य संस्थाहरुका साथै अन्य सार्वजनिक संस्थाहरु बन्द हुनेछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता