चेम्बर अफ कमर्श गुल्मी द्धारा करदातासेवा कार्यालयमै वित्तिय संस्था राख्न माग



पुस २६ गुल्मी ।

नेपाल चेम्बर अफ कमर्श गुल्मीले सदरमुकाम तम्घासमा रहेको करदाता सेवा कार्यालयलाई विभिन्न माग राख्दै आईतवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल चेम्बर अफ कर्मश गुल्मीका अध्यक्ष युवराज न्यौपानेको नेतृत्वमा करदातासेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसाललाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाइएको महासचिव कृष्ण भण्डारीले जानकारी दिए ।
पछिल्लो समय बैकीङ्ग प्रणाली बाट काम गर्नु पर्ने हुदाँ करदातासेवा कार्यालय र बैंक बिचको दुरी टाढा हुदाँ व्यवसायिले दुःख संगै झन्झट व्यर्होनु परेको भन्दै करदाता सेवा कार्यालयमै बैकीङ्ग सुविधा हुनु पर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
साथै चेम्वर अफ कमर्शले विभिन्न समय समयमा व्यवसायिहरुलाई कर सम्वंन्धी विभिन्न तालीम तथा प्रशिक्षण प्रदान गर्ने कार्यालय समक्ष माग समेत राखेको छ ।

त्यस्तै यता चेम्बर अफ कमर्श गुल्मीको ध्यानाकर्षण पत्रप्रती आफु सकरात्मक भएको र सक्दो सहयोग तथा पहल गर्ने कार्यालय प्रमुख टंक भुसालले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता