चन्द्रकोट क्याम्पसमा अखिल (क्रान्तिकारी) कि प्रभा पौडेल सर्वसम्मत सभापतिमा निर्वाचित !



फागुन २८ गुल्मी ।
स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) गुल्मीले विजय सुरुवात गरेको छ ।
जिल्लाको चन्द्रकोट बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) कि प्रभा पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएकी हुन ।
शनिबार मनोनयन दर्ता गर्दा सबै पदमा एकल उम्मेदवार परेपछि क्याम्पसमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध निर्वाचित भएको क्याम्पसले जनाएको छ ।
जसको उपसभापतिमा नेविसंघका श्रीराम गौतम ,सचीवमा अनेरास्ववियुका ज्योति विक,सह सचीवमा नेविसंघका रिता गौतम ,कोषाध्यक्षमा अनेरास्ववियुका दीक्षा पौडेल रहेकी छन् ।
त्यस्तै सदस्यमा बालकुमारी थापा क्षेत्री,संगिता विक,ज्ञानु शर्मा,सोनिया नेपाली ,माया पुन र सुस्मिता फौजदार रहेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता