घमिरका ३० जना जेहेन्दार विद्यार्थीलाई नि :शुल्क झोला वितरण !



मङ्सिर १० गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -७ घमिर स्थित देवीस्थान माद्यामिक विद्यालयका ३० जना विद्यार्थीलाई नि: शुल्क झोला वितरण गरिएको छ ।
त्यस विद्यालयका पुर्व विद्यार्थी तथा सञ्चारकर्मी सुमन पन्थीको पहलमा हाल अमेरिका बस्दै आउनु भएकी सलिना राईले ३० वटा झोला उपलब्ध गराएकी हुन ।
उपलब्ध भएका झोला ३० जना जेहेन्दार विद्यार्थी छनोट गरि हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाले बताए ।
साथै विद्यालयलाई झोला प्रदान गर्ने सलिना राई र पहल गर्ने सुमन पन्थीलाई समेत उनले धन्यवाद दिए ।

सलिना राईले गुल्मी जिल्ला भर पाँच सय जेहेन्दार विद्यार्थीलाई प्रती विद्यार्थी एक वटा झोला वितरण गर्ने आफ्नो योजना रहेको गुल्मी अपडेटलाई बताईन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता