गोकर्ण बिष्टलाई आरम गर्न माओवादीका युवा नेता भिमकान्त भण्डारीको सुझाव



भदौ २८ गुल्मी ।
नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी क्षेत्र नम्वर २ बाट सो पार्टीबाट प्रतिनिधी सभााबाट उमेदवारमा सिफारिस भिमकान्त भण्डारीले एमाले नेता गोकर्ण बिष्टलाई अब आराम गरेर बस्न सुझाव दिएका छन् । गृहजिल्ला स्थित सामुदायिक रेडियो स्काई र सामुदायिक रेडियो धुर्कोट संग रेडियो कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

म २०५४ सालमा अर्जैको स्कुलमा पढ्दा त्यहाँको मोटरबाटो जस्तो थियो अहिले पनि हविगत उस्तै छ , भण्डारीले भने मैले अर्जैको मोटरबाटाको मात्रै उदाहरण देखाएर गोकर्ण बिष्टज्युलाई आरोप लगाउन खोजेको होईन, सबैले सबैतिरको विकास हेरे छर्लङ्गै छ । यसर्थ मैले उहाँलाई ब्यक्तिगत रुपमा दोसारोपण गर्दिन , उहाँ सम्मानित नेता हो अब उहाँलाई आराम गरेर बस्न सुझाव दिन्छु, अब हामी युवाहरु उठ्छौं जित्छौं र जनताले चाहेको विकास गरेर देखाउँछौं । ’

उनले आफु संग केन्द्रिय स्तरमा सबै राजनैतिक दल र उच्चस्तररिय कर्मचारी संयन्त्र संग लिङ राम्रो भएकोले यस अघि गुल्मीमा झण्डै ११ अर्ब विकास बजेट पारि सकेको र अब आफुले जिते गुल्मी क्षेत्र नम्वर २ का जनताले अपेक्षा गरेको विकास गरेरै देखाउने उद्घोष गरे । गुल्मी क्षेत्र नम्वर २ मा एकिकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि गठबन्धनबाटै उठ्ने चर्चा छ नि ? भन्ने प्रश्नमा उनले भने उहाँलाई गठन्धनले उमेदवार बनायो भने मैले सक्दो सहयोग गरेर जिताउने छु, उहाँ पनि युवा वर्गमा राम्रो सम्भावना भएको दिदी हो ।

तर मैले पनि उमेदवारी पाउने सम्भावना नजिक भएका कारण यदि मैले पाएँ भने रामकुमारी दिदी सहित गुल्मेली जनताले सहयोग गरेर जिताउनु हुने छ भन्ने कुरामा म ढुक्क छु’ उनले भने । उनले कोरोना महामारीको बेला गुल्मीमा करोडौंको स्वास्थ्य सामाग्री भित्राएर स्वास्थ्य अभावमा ठुलो साथ दिएका थिए । केन्द्रमा बसेर पनि जिल्लाका विकास निर्माणमा बजेट हाल्नमा निकै भुमिका खेल्दै आएका भण्डारीको उमेर अहिले ३० बर्षको भएको छ । मालिका गाउँपालिका –५ छापाहिलेमा जन्मिएका भण्डारी बिद्यार्थी राजनीतिबाट माओवादी केन्द्रको राजनीति सुरु गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता