गुल्मेली गायक गोविन्द पन्थीको ‛मन जलेको’ गीत सार्वजनिक (हेर्नुहोस भिडियो) 



जेठ १९ गुल्मी ।

गुल्मेली गायक गोविन्द पन्थीको मन जलेको गीत सार्वजनिक भएको छ । गुल्मीको मदाने गाउँपालिका सात भनभनेमा जन्मेका पन्थीले धेरै गीतमा स्वर दिए पनि मन जलेको एल्बम भने उनको आफ्नो पहिलो एल्बम हो । पन्थीले नै स्वर दिएको गीतमा भुवन लामिछानेको शब्द तथा संगीत, बबी अनुरागीको एरेन्ज र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ छ ।

म्युजिक भिडियोमा महेन्द्र गौतम, टीका सानु, गोविन्द विवश र रामराज पोखरेल फिचर्ड छन् । विक्रम चौहानको निर्देशन र कथा रहेको भिडियोमा प्रकाश खड्काको छायांकन, प्रशान्त केसीको सहायक छायांकन र मिलन विश्वकर्माको सम्पादन, जीएफएक्स र कलर छ । भिडियो टीका सानुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । (हेर्नुस् भिडियो )

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता