गुल्मी २ मा यस पटक सबैले कलम चिन्हमा मतदान गर्नेछन् : नेतृ झाँक्री



कात्तिक २१ गुल्मी ।
बाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मी २ मा प्रतिनिधि सभा सदस्य तर्फ सबै मतदाताले कलम चिन्हमा मतदान गर्ने बताएकी छन् ।
आज मालिका गाउँपालिका -१ नेटामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । यस पटकको निर्वाचन अघि पछिको जस्तो निर्वाचन नभएको बताउदै देशको व्यवस्था बचाउन , समग्र गुल्मी २ को विकास र समृद्धिको लागि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्नु पर्ने उल्लेख गरिन । उनले भनिन् “ अहिले म काङ्ग्रेस ,माओवादी ,जनमोर्चाले समर्थन गरेर सबैको साझा उम्मेदवार बनेकी छु यो अभियानमा गुल्मी २ का ईमानदार एमाले नेता, कार्यकर्ता , मतदाता जोडिदै हुनु हुन्छ र अभियान सफल बनाउन मद्धत पुराउनुनेछ ´´ । साथै झाँक्रीले थपिन एमालेका प्रदेश कमिटी सदस्य समेत रहनुभएका नेता शेषकान्त गौतम पनि यस अभियानमा जोडिएको जानकारी गराउदै हरेक ठाउँ टोल टोलमा गठबन्धनमा जोडिने साथीहरूको लर्को लागेको बताईन । गठबन्धनको जित सुनिस्चित रहेको बताउदै कोहि पनि साथिहरु अलमलमा नपरी अभियानमा जोडिन उनले आग्रह समेत गरिन ।
त्यस्तै नेटाको विकासको लागि आफुले विभिन्न अवधारणा सोचेको बताउदै यस क्षेत्रमा शिक्षा ,स्वास्थ्य ,मोटरबाटोको स्तर वृद्धि गर्दै गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताईन ।
साथै यहाँका जनताको आय आर्जनको लागि विभिन्न सिपमुलक गतिविधि गर्न सकिने , होम स्टे सञ्चालन गरेर आर्थिक गतिविधि बढाउनुका साथै कला सस्कृतीको प्रचार गर्न सकिने उनले उल्लेख गरिन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता