गुल्मी -१ प्रदेश सभा `ख´का लागि काङ्ग्रेसले गर्यो उम्मेदवारको सिफारिस



टोपराम केसी
भाद्र-१९ गुल्मी।
आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा उम्मेदवार सिरफारिस गरी सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।यसै विच नेपाली काङ्ग्रेस ले गुल्मी क्षेत्र नं.१ अन्तर्गत प्रदेश सभा ´ख` का लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ।  हिजो वसेको प्रदेश सभा `ख´को कार्यसमितिको वैठकले निर्णय गरि उम्मेदवारहरुको नामावली क्षेत्रीय समिती र जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो।केन्द्रको निर्देशन अनुसार वढी ३जना सम्मको नाम सिफारिस गर्न भएको परिपत्र अनुसार कार्यसमितिको सम्पन्न वैठकले प्रत्यक्ष तर्फ श्रीप्रसाद भलाद्मी ,धनेन्द्र कार्की , मुक्ति कंडेलको नाम सिफारिस गरेको छ।यस्तै समानुपातिक तर्फ पुरुषमा झविन्द्र कार्की र मोतिलाल भण्डारी सिफारिस हुँदा उता महिला तर्फ भने गंगादेवी पाण्डे ,मिना राना मगर,उर्मिला आचार्य नेपाली र राधिका न्यौपाने सिफारिस हुनु भएको नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नं.१ प्रदेश सभा `ख ´का उपसभापति भेषराज कंडेलले जानकारी दिनु भयो।कार्यसमितीले पठाएको सिफारिसलाई जिल्ला कार्यसमितिले हुवहु प्रदेश र केन्द्रमा पठाउनेछ।यद्यपि उम्मेदवारको अन्तिम टुङ्गो भने केन्द्रले नै लगाउने छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता