गुल्मी सेवा समाज कतारको कार्यक्रममा प्रमुख कलाकारको रुपमा बोमबहादुर कार्की जाँदै



सुमन महतारा, गुल्मीः

गुल्मी सेवा समाज कतारको आयोजनमा हुने बनभोज कार्यक्रममा नेपालकै एक पुरानो तथा बरिस्ठ कलाकार बोमबहादुर कार्की जानि भएका छन् ।

‘निःस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले २८ फेब्रुअरी २०२० मा गुल्मेली मिलन तथा आठौं वनभोज कार्यक्रम बृहत रुपमा आयोजना गर्ने भएको छ ।कार्यक्रम आगामी २८ तारिख शुक्रबारका दिन कतारको साहनिया स्थित अल दोसरी जु पार्कमा आयोजना गरीने भएको हो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु रहने भएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक दोहोरि गायक बम बहादुर कार्की, गायिका सरिता कार्की र लोक तथा दोहोरि गायक दिपक परियार लगायत स्थानीय कलाकारहरु डान्सर लक्ष्मी गिरि, गायक तारा थापा, गायिका कल्पना घर्ति, गायक तथा कार्यक्रम संचालक दिपेन्द्र सुनार लगायत अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने जानकारी सह संयोजक देब लम्सालले दिए ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट, प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रमका संयोजक कुमार अविरल पन्थीले जानकारी दिए ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजसँग आवद्ध हुन समाजका अध्यक्ष झविन्द्र आचार्यले आग्रह गरेका छन् । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ संस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । समाजले कार्यक्रम स्थलमा आवातजावत लागि विभिन्न स्थानहरुबाट निस्शुल्क ट्रान्सपोर्टको सुबिधा रहेको जानकारी यातायात व्यवस्थापक सुन्दर बस्नेतले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता