गुल्मी मै भयो यस्तो घटना , अविवाहित महिलाले छाेराे जन्माइन् :



प्रेम सुनार, २८ साउन गुल्मी ,

सोमवार गुल्मीकी एक अविवाहित महिलाले छोरा जन्माएकी छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर ११ सिमचीचौरकी अन्दाजी २५ बर्षीया रुमकली नेपाली –(नाम परिवर्तन) ले जिल्ला अस्पताल तम्घासमा छोरा जन्माएकी हुन् ।

सोमबार विहान उनी सिमिचौरको सडकमा सुत्केरी ब्याथा लागेर लडेको थाह पाउन साथ त्यहाँका वडाध्यक्ष खुमबहादुर रानाले तत्काल गाडी मगाई जिल्ला अस्पताल ल्याएका थिए । रानाले अस्पालका स्वास्थ्य कर्मीहरुलाई उनको स्वास्थ्य अवस्था राम्ररी हेरचाह गराउन र खर्चका लागि कुनै चिन्ता नगर्नु भनेर सुझाएका थिए ।

अत्यान्तैै विपन्न परिवारकी उनी मानसिक सन्तुलन समेत ठिक नभएको वडाअध्यक्ष रानाले बताएका छन् । साथै उनको परिवारको अवस्था एकदमै नाजुक रहेकोले उनको सम्पूर्ण उपचार खर्च आफुले ब्यहोर्ने वडाध्यक्ष रानाले बताए छन् । उनले भने–‘ आमा छोरा दुबैलाई बचाउन सकियो, उनले जन्माएको छोरा देखेर खुशी लागेको छ ।’

वडा सदस्य हुमकली रानाले भने फकाएर सोध्दा पनि उनले कुनै पुरुषको पनि नाम नलिएको बताएका छिन् । यद्यपि उनले छोरा पाएको खबरले गाउँबासी नै खुसी भएको वडा सदस्य राना बताउछिन् । सुत्केरी भएकी महिला मानसिक सन्तुलन ठिक नभए पछि उनको विवाह नभई बृद्ध बृद्धा आमा बाबुसंग बस्ने गरेकी थिईन् ।

उनको र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको प्रशुती गराइएको डाक्टर सरोज पोखरेलले बताए । प्रहरी प्रशासनको सहयोगले बच्चाको वास्तविक बाबुको खोजी गरिने वडाध्यक्ष रानाले बताएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता