गुल्मी बाट चार हजार ८२३ जना विद्यार्थी एसईई परिक्षमा सहभागी हुदैं !



बैशाख ७ गुल्मी ।

गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परिक्षा एसईई मा चार हजार ८२३ जना विद्यार्थी सहभागी हुने भएका छन् । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका एकाइ प्रमुख लोकनाथ मरासिनीले नियमिततर्फ चार हजार ४९२ र प्राविधिक नियमिततर्फ २८७ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो ।

त्यस्तै, खुला नियमिततर्फ २१ जना र आंशिक तथा ग्रेडवृद्धि समूहतर्फ २३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आएका छन् । यस वर्षको एसईईमा नयाँ एउटा विद्यालय थप भएको छ । जसमा गुल्मीदरबार गाउँपालिका चारपालाको ठूलापोखरा माध्यमिक विद्यालय रहेको इकाइ प्रमुख मरासिनीले भन्नुभयो, “यस विद्यालयबाट १४ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।”

साङ्केतिक तस्वीर ।

अहिले १५ जना विद्यार्थी परिक्षा दिन अयोग्य रहेका छन् प्राविधिक सहायक अमृत पौडेलले भन्नुभयो, “७५ प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर राजस्व नबुझाएका । अनि विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थीहरु परीक्षा दिन अयोग्य हुन् ।”

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिक सहायक पौडेलले जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक स्वतः त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको जानकारी दिनुभयो ।

अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको जानकारी दिनुहुँदै उहाँले प्रश्नपत्र पनि सम्बन्धित परीक्षा केन्द्र भएको नजिकैको प्रहरी चौकीमा पुयाइएको जानकारी दिनुभयो ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला परिक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परिक्षाका लागि आवश्यक व्यवस्थापन गरेको बताइएको छ । परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली तयार गरिएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

स्रोत नालीबेली डटकम

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता