गुल्मी अहिले सम्म ९४,०३५ जनाले राष्ट्रिय परिचय पत्र दर्ता गरे



सूर्य सुनार पौष ,२७ गुल्मी । 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा ९४,०३५ जनाले राष्ट्रिय परिचय पत्र दर्ता गरेका छन् । राष्ट्रिय परिचय पत्र दर्ता संकलन कार्य जिल्लाका १२ वटा स्थानीय तहमा संचालन भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका मालिका गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा दर्ता संकलन कार्य सम्मापन भएको जिल्ला प्रशासन गुल्मीको राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर सुनिता कंडेलले जानकारी दिनुभयो । राष्ट्रिय परिचय पत्र संकलन तथा दर्ता कार्य जिल्लाको मुसिकोट नगरपालिका, सत्यवति गाउँपालिका, र इस्मा गाउँपालिकामा संचालन भइरहेको छ ।

जसमा अहिले सम्म सम्पन्न भएका पालिकाहरुमा गुल्मीदरबारमा ११ हजार ९ सय ५, धुर्कोटमा १० हजार ५ सय ८०, छत्रकोटमा १० हजार ८ सय ४५, मदानेमा ९ हजार ७ सय ८०, मालिकामा १० हजार २ सय ४० र रुरुक्षेत्रमा ९ हजार ५ सय ९९ जनाले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेको अपरेटर सुनिता कंडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र दर्ता गर्नेको निकै भिड लागेको छ । प्रशासनमा नागरिता बनाउने, नागरिता सच्याउने, पासवर्ड लिन आउने मानिसहरुले राष्ट्रिय परिचय पत्र दर्ता कार्य गर्दा भिड लागेको हो । पछिल्लो समय राष्ट्रिय परिचय पत्रको महत्वबारे मानिसहरु जानकार भएका छन् । जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सम्पन्न हुन् अब २५ प्रतिशत बाँकी रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता