गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला



हुमाकान्त पोखरेल, गुल्मी ।

गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका –७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी सत्यवती गाउँपालिका –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् । भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिडेका थिए ।

साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयले खोज्ने क्रममा शुक्रबार बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए । भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टम पश्चात आफन्तले बुझेको यादवले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता