गुल्मीमा ७१ हजारले गराए स्वास्थ्य बिमा !



प्रेम सुनार ,कात्तीक २६ गुल्मी ।
वार्षिक ३ हजार ५ सय सदस्यता शुल्क तिरेपछि ५ जनाको परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्मको औषधि उपचार निःशुल्क उपलब्ध हुने गरी सरकार ल्याएको स्वास्थ्य बिमा कार्यक्रम गुल्मीमा प्रभावकारी बन्दै गरेको देखिएको छ ।

स्वास्थ्य बिमा बोर्ड गुल्मीका अनुसार २०७६ माघ २१ गतेबाट सुरु भएको स्वास्थ्य बिमा दर्ता कार्यक्रममा २०७८ साल असोजसम्म ७१ हजार ६०५ जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । असोज महिना यताको तथ्याङ्क आउन बाँकी छ ।सो कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्र बहादुर बिष्टका अनुसार पहाडी जिल्लाको हकमा गुल्मीमा स्वास्थ्य बिमा दर्ता संख्या यस अवधिमा निकै प्रभावकारी ढङ्गले अगाडि बढेको छ भने सरकारी अस्पतालमा सेवाग्राहीको संख्या निकै बढेको छ ।

बिष्टका अनुसार जिल्लाका १२ वटा पालिकामध्ये रेसुङ्गा नगरपालिकामा स्वास्थ्य बिमा दर्ता गरी निःशुल्क स्वास्थ्य सेवा लिनेको संख्या सबैभन्दा बढी छ । रेसुङ्गामा हालसम्म १२ हजार ५७५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

नगरपालिका भएर पनि गाउँपालिकाभन्दा कम संख्यामा स्वास्थ्य बिमा दर्ता गराउनेमा मुसिकोट नगरपालिका छ । सो नगरपालिकामा जम्मा ३ हजार ९३१ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । जबकि विकट मानिएको कालगण्डकी गाउँपालिकामा ४ हजार ४४३ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस्तै, मालिका गाउँपालिकामा ४ हजार ३७९ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

गाउँपालिकाभरिमा सबैभन्दा बढी स्वास्थ्य बिमा कार्यक्रमको फाईदा लिने सत्यवती गाउँपालिका परेको छ । सो गाउँपालिकामा १० हजार ३११ जनाले स्वास्थ्य बिमा सदस्यता लिएका छन् । सबैभन्दा कम स्वास्थ्य बिमा गराउने मदाने गाउँपालिका परेको छ । सो गाउँपालिकामा १ हजार ६०३ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् ।

रुरु क्षेत्र गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेहरुको संख्या ७ हजार ५९० जना छ भने छत्रकोट गाउँपालिकामा ५ हजार ९३२ जनाले स्वास्थ्य बिमा गराएका छन् । धुर्कोट गाउँपालिकामा ४ हजार ९२ जना, गुल्मी दरबार गाउँपालिकामा ४ हजार ७५४ जना, इस्मा गाउँपालिकामा २ हजार ८२३ जना र चन्द्रकोट गाउँपालिकामा २ हजार १७६ जनाले स्वास्थ्य बिमा गराएको जनाइएको छ ।

‘स्वास्थ्य बिमा गराएको रिपोर्ट प्रत्येक ३ महिनामा बिमा बोर्ड कार्यालयमा आउने गर्दछ । त्यसलाई एउटा सर्कल भन्ने गर्दछौँ,’ दर्ता अधिकारी बिष्ट भन्छन्, ‘प्रत्येक सर्कलमा ८ देखि १० हजारसम्मले स्वास्थ्य बिमा गराउने गरेकाले पनि पहाडी जिल्ला गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रमप्रति जनताको आकर्षण बढेको पाईएको हो ।’

सदरमुकाम तम्घासमा बस्नेहरुले आफ्नो वडाबाट स्वास्थ्य बिमा नगराई सदरमुकाम तम्घासकै खानीगाउँमा रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयबाट पनि बिमा गराउन सकिने उनले जानकारी दिए ।

उनका अनुसार ३ हजार ५ सय रुपैयाँ तिरेर परिवारका एक सदस्यमार्फत गरिएको स्वास्थ्य बिमाले परिवारका ५ जना सदस्यसम्मलाई वार्षिक एक लाख बराबरको स्वास्थ्य उपचार सेवा निःशुल्क उपलब्ध गराइन्छ । त्यो भन्दा बढी सदस्य संख्या भए स्वास्थ्य बिमा गराएको सदस्यतामा ७ सय रुपैयाँका दरले प्रति सदस्य रकम थप गरेपछि दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाइन्छ ।

गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि अस्पतालमा औषधि उपचार गराउन आउनेहरुको संख्या दोब्बर बढेको बताए । विगतमा सरदर दैनिक सय जनाको हाराहारीमा बिरामी आउने गरेकोमा यस कार्यक्रम सञ्चालन भएपछि दैनिक दुई सयदेखि साढे दुई सय सेवाग्राही आउने गरेका छन् ।गुल्मीमा ७१ हजारले गराए स्वास्थ्य बिमा, बढ्यो सरकारी अस्पतालमा भीड

वार्षिक ३ हजार ५ सय सदस्यता शुल्क तिरेपछि ५ जनाको परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्मको औषधि उपचार निःशुल्क उपलब्ध हुने गरी सरकार ल्याएको स्वास्थ्य बिमा कार्यक्रम गुल्मीमा प्रभावकारी बन्दै गरेको देखिएको छ ।

स्वास्थ्य बिमा बोर्ड गुल्मीका अनुसार २०७६ माघ २१ गतेबाट सुरु भएको स्वास्थ्य बिमा दर्ता कार्यक्रममा २०७८ साल असोजसम्म ७१ हजार ६०५ जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । असोज महिना यताको तथ्याङ्क आउन बाँकी छ ।

सो कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टका अनुसार पहाडी जिल्लाको हकमा गुल्मीमा स्वास्थ्य बिमा दर्ता संख्या यस अवधिमा निकै प्रभावकारी ढङ्गले अगाडि बढेको छ भने सरकारी अस्पतालमा सेवाग्राहीको संख्या निकै बढेको छ ।

बिष्टका अनुसार जिल्लाका १२ वटा पालिकामध्ये रेसुङ्गा नगरपालिकामा स्वास्थ्य बिमा दर्ता गरी निःशुल्क स्वास्थ्य सेवा लिनेको संख्या सबैभन्दा बढी छ । रेसुङ्गामा हालसम्म १२ हजार ५७५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

नगरपालिका भएर पनि गाउँपालिकाभन्दा कम संख्यामा स्वास्थ्य बिमा दर्ता गराउनेमा मुसिकोट नगरपालिका छ । सो नगरपालिकामा जम्मा ३ हजार ९३१ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । जबकि विकट मानिएको कालगण्डकी गाउँपालिकामा ४ हजार ४४३ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस्तै, मालिका गाउँपालिकामा ४ हजार ३७९ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

गाउँपालिकाभरिमा सबैभन्दा बढी स्वास्थ्य बिमा कार्यक्रमको फाईदा लिने सत्यवती गाउँपालिका परेको छ । सो गाउँपालिकामा १० हजार ३११ जनाले स्वास्थ्य बिमा सदस्यता लिएका छन् । सबैभन्दा कम स्वास्थ्य बिमा गराउने मदाने गाउँपालिका परेको छ । सो गाउँपालिकामा १ हजार ६०३ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् ।

रुरु क्षेत्र गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेहरुको संख्या ७ हजार ५९० जना छ भने छत्रकोट गाउँपालिकामा ५ हजार ९३२ जनाले स्वास्थ्य बिमा गराएका छन् । धुर्कोट गाउँपालिकामा ४ हजार ९२ जना, गुल्मी दरबार गाउँपालिकामा ४ हजार ७५४ जना, इस्मा गाउँपालिकामा २ हजार ८२३ जना र चन्द्रकोट गाउँपालिकामा २ हजार १७६ जनाले स्वास्थ्य बिमा गराएको जनाइएको छ ।

‘स्वास्थ्य बिमा गराएको रिपोर्ट प्रत्येक ३ महिनामा बिमा बोर्ड कार्यालयमा आउने गर्दछ । त्यसलाई एउटा सर्कल भन्ने गर्दछौँ,’ दर्ता अधिकारी बिष्ट भन्छन्, ‘प्रत्येक सर्कलमा ८ देखि १० हजारसम्मले स्वास्थ्य बिमा गराउने गरेकाले पनि पहाडी जिल्ला गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रमप्रति जनताको आकर्षण बढेको पाईएको हो ।’

सदरमुकाम तम्घासमा बस्नेहरुले आफ्नो वडाबाट स्वास्थ्य बिमा नगराई सदरमुकाम तम्घासकै खानीगाउँमा रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयबाट पनि बिमा गराउन सकिने उनले जानकारी दिए ।

उनका अनुसार ३ हजार ५ सय रुपैयाँ तिरेर परिवारका एक सदस्यमार्फत गरिएको स्वास्थ्य बिमाले परिवारका ५ जना सदस्यसम्मलाई वार्षिक एक लाख बराबरको स्वास्थ्य उपचार सेवा निःशुल्क उपलब्ध गराइन्छ । त्यो भन्दा बढी सदस्य संख्या भए स्वास्थ्य बिमा गराएको सदस्यतामा ७ सय रुपैयाँका दरले प्रति सदस्य रकम थप गरेपछि दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाइन्छ ।

गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि अस्पतालमा औषधि उपचार गराउन आउनेहरुको संख्या दोब्बर बढेको बताए । विगतमा सरदर दैनिक सय जनाको हाराहारीमा बिरामी आउने गरेकोमा यस कार्यक्रम सञ्चालन भएपछि दैनिक दुई सयदेखि साढे दुई सय सेवाग्राही आउने गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता