गुल्मीमा २ लाख २५ हजार भन्दा धेरै मतदाता,मनोनयन दर्ताको लागि तालिका सार्वजनिक



मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरुको मनोनयन तालिका सार्वजनिक गरेको छ । नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४, नेपाली काँग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र नेकपा माओवादी केन्द्रको लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

साथै राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, बिबेकशील साझा पार्टीकन नलगि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ । मंगोल नेशनल अर्गानाइजेशन, नेपाली काँग्रेस वीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ । स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ । रेसुङ्गा नगरपालिका तम्घासमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका ११ सथानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ ।

गुल्मीमा कुल २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २ सय १५ जना महिला रहेका छन् । २ जना अन्य मतदाता रहेका छन् । जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ जना रहेको छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७ सय ८८ जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना छन् । निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन् ।

निर्वाचन सम्पन्न गर्न धेरै चुनौती रहेकोले मतदातालाई उत्साहपूर्वक सहभागि गराउन राजनीतिक दलहरुले सहजीकरण गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए । बदर मत कम गर्न निर्वाचन कार्यालयसँगै दलहरुको बिशेष भूमिका हुने भएकोले गाउँगाउँमा मतदाता शिक्षा संचालन गर्न अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाको प्रबन्ध मिलाइएको पनि बताएका छन् । -स्रोत नालीबेली न्युज डटकम

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता