गुल्मीमा सुरु हुन लागेको र्एतिहासीक महायज्ञको तयारी तीव्र



डि.बि खड्का गुल्मी ।

नेपालमै पहिलो पटक गुल्मीमा सञ्चालन हुन लागको र्एतिहासीक महायज्ञको तयारी तीव्र पारिएको छ । महायज्ञलाई सभ्य र भव्य बनाउनको लागी अहिले विभिन्न समिति उपसमिति गठन गरी प्रचार प्रसार संगै तयारीलाई तिव्र बनाईएको आयोजकले जनाएको छ ।

नेपालका चारधाम मध्ये एक प्रमुख तथा महत्वपुर्ण धाम रुरु क्षेत्रधाम लाई विश्व सामु पहिचान गराउने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले बताएको छ । र्एतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लिलामय श्रीमद्भागवत ,पितृ मोक्ष,विराट ज्ञानमहायज्ञ को विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराज प्रमुख वाचक रहने बताईएको छ । यहिं भदौ २८ गते देखी देखी असोज १७ गते सम्म सञ्चलान हुने महायज्ञमा सोह्र श्राद्धको अवसरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध ,एक्काइस करोड दिप प्रज्वलन , ५१ हजार भन्दा बढिको तुलादान ,५१ सय कलश पुजन ,२५ हजार भन्दा बढि सत्तरी वर्ष भन्दा माथि उमेर पुगेका नागरीकहरुलाई सम्मान् गरिने आयोजकले जानकारी दिएको छ ।

साथै पृती श्राद्धाको लागी १०८ वत्ती , आफ्नो घरको एक मुठि माटो आफ्नो गोत्र , नामथर र फोटो सहित उपस्थीत् हुन ज्ञानमहायज्ञका प्रमुख वाचक बाल योगेश्वर महाराजले अनुरोध गरेका छन् । साथै ज्ञानमहायज्ञमा उमेर पुगेका ईच्छुक व्याक्क्तीहरुको धार्मीक विधी अनुसार रु २ हजार १ सय मा विवाह समेत हुने आयोजकले जानकारी गराएको छ ।
महायज्ञमा पाँच लाख भन्दा बढीलाई सहभागीता गराउने आयोजक को उद्देश्य रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता