गुल्मीमा सम्बन्ध विच्छेदका मुद्दा बढे !



अनिल खत्री -१३ पुस, गुल्मी ।

जिल्ला अदालत गुल्मीमा केही वर्षयता सम्बन्धविच्छेदका मुद्दा बढेका छन् ।

चालु आर्थिक वर्षको पाँच महिना अर्थात गत साउनदेखि मंसिरसम्म सम्बन्ध विच्छेदका मुद्दामात्र १३४ वटा परेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले बताए । जसमध्ये ८० मुद्दाको फैसला भइसकेको छ भने ५४ मुद्दाको फैसला हुन बाँकी छन् ।

आर्थिक वर्ष ०७७र०७८ मा सम्बन्ध विच्छेदका १८९ मुद्दा परेका थिए । तीमध्ये १५७ वटामा फैसला भएको छ । सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेमा २० वर्षदेखि ३० वर्षभित्रका युवायुवती धेरै रहेका तहसिलदार कुँवरले बताए ।

मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध विच्छेदका विषयमा केही सहज व्यवस्था गरेका कारण मुद्दा बढेको कुँवरको भनाइ छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता