गुल्मीमा व्यक्तिको जग्गामा पाँच लाखको सरकारी भवन



हुमाकान्त पोखरेल
गुल्मी, २४ असार ।

गुल्मीमा व्यक्तिको जग्गामा सरकारी भवन बनाउन लागिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –२ विश्शुखर्कमा व्यक्तिको जग्गामा ‘भिरखानी सामुदायिक भवन’ बनाउन थालिएको हो । उक्त जग्गा स्थानीय लक्षमण गौतम, कृष्ण गौतम, गुणाखर गौतम र तुलसा गौतमको संयुक्त नाममा छ । तर वडा र शहरी विकास तथा भवन कार्यालयले मनपरी हिसाबले सरकारी रकम व्यक्तिको जग्गामा लगानी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

‘कुनै कारणबस् जग्गा पास नभए त्यसको जिम्मा कसले लिन्छ ?’ एक स्थानीयले भने, ‘व्यक्तिकै जग्गामा सरकारी रकम लगानी गरेर राज्यले रकम दुरुपयोग गरेको छ ।’ चालु आर्थिक बर्षका लागि शहरी विकास तथा भवन कार्यालय, पाल्पाबाट काम हुनेगरी विश्वुखर्कमा उक्त भवनको नाममा पाँच लाख बिनियोजन भएको थियो । कोटेशनबाट भएको काममध्ये अहिले पिलर उठाउने सम्मको काम भएको छ । कार्यालयका प्रमुख हरी भक्त श्रेष्ठले स्थानीय तहको वडाबाट बनाउने सिफारिस आएकोले काम सुरु भएको प्रतिक्रिया दिए । ‘स्थानीय तहबाटै काम गराउने पत्र आएकोले सुरु गरिएको हो ।’ उनले भने, ‘क्रमागत योजना हो, अहिले नै पुरा हुँदैन ।’

वडाध्यक्ष कमल केसीले भने मौखिक सहमतिका आधारमा भवन बनाउन लागिएको प्रतिक्रिया दिए । जग्गावाला सबै जापान भएको र नेपाल आउनेबित्तिकै जग्गा पास गर्ने र त्यसको जिम्मा आफु लिने केसीले बताए । ‘त्यत्ति जग्गा पास गर्न मात्रै जापानबाट यहाँँ (चन्द्रकोट) आउनुहुन्न ।’ उनले भने, ‘उनीहरुका काठमाडौमा पनि घर छन्, अझै रकम चाहिए पनि दिने भन्नुभएको छ ।’ अहिलेको पाँच लाखबाट जग र पिल्लर राख्नेसम्मको मात्रै काम हुने केसीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता