गुल्मीमा यो वर्ष १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि



पुस -२९ गुल्मी ।

गुल्मीको धुर्कोट गाँउपालिका एक नयाँगाउँका चन्द्र विकले विगत १२ वर्ष देखी सुन्तला खेती गर्दै आउनु भएको छ ।
विकको पाँच रोपनी जग्गामा दुई सय बोट सुन्तला रहेका छन् । गएको वर्ष यि बोट बाट उहाँले ८ क्विन्टल सुन्तला उत्पादन गरेर ३४ हजार कमाउनु भयो भने, यो वर्ष २०क्विन्टल सुन्तला उत्पादन गरेर एक लाख २० हजार कमाउनु भयो । अनुकुल हावापानी र सुन्तला खेतीको बारेमा आवश्यक ज्ञान प्राप्त भए पछि उत्पादनमा बढेको उहाँको भनाई छ । विक जस्तै अहिले गुल्मीका अधिँकाश किसान सुन्तला उत्पादनमा वृद्धी भएपछि खुसि भएका छन् ।

लण्डनमा मास्टर डिग्री गरेर विगत पाँच वर्ष देखी आफ्नै गाँउमा सुन्तला खेती गर्दै आउनु भएका रेसुंगा नगरपालिका तीन भाडागाँउका प्रदिप मरासिनी पनि सुन्तला खेती बाट सन्तृष्टी हुनु हुन्छ ।
मरासिनीले ३५ रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनु भएको छ । वार्षीक ५५ देखी ७० क्विन्टल सुन्तला उहाँले उत्पादन गर्दै आउनु भएको छ । जसबाट वार्षीक सात देखी नौं लाख सम्म आम्दानी हुने बताउनु भयो ।
सुन्तलामा नयाँ रोगले सताउने र स्थानीय सरकारले कृषी प्रति चासो नदिएको उहाँको गुनासो रहेको छ ।
परिवारका सदस्य बाहेक अन्य तीन जनलाई उहाँले दैनिक रुपमा रोजगार दिनु भएको छ । भने सरकारले सहयोग गरे सुन्तला खेती विस्तार गर्ने उहाँको योजना रहेको छ ।

यता सरकारले पनि सुन्तला उत्पादन गर्दै आएका किसानलाई विभिन्न कार्यक्रम ल्याएको बताएको छ ।
किसानको लागी उन्नत विरुबा , मलखाद व्यवस्थापन तथा विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको कृषी ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले बताउनु भयो ।

यो वर्ष उत्पादनशिल क्षेत्रमा वृद्धी,फल पातलो भएपनि ठुलो आकारको रहेको,बगैचा व्यवस्थापनमा सचेतना र मौसम अनुकुलका कारण सुन्तला उत्पादनमा वृद्धी भएको कृषी ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले उल्लेख गर्नु भयो । यो वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जसबाट १० करोड ८० लाख आम्दानी भएको कृषी ज्ञान केन्द्र गुल्मीले बताएको छ । अघिल्लो वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

गुल्मीका अधिकाँश स्थानमा सुन्तला उत्पादन हुने गर्दछ । विशेष गरी धुर्कोट गाउँपालिका क्षेत्र, रेसुंगा नगरपालिका,रुरुक्षेत्र र गुल्मी दरबार गाउँपालिकामा धेरै सुन्तला उत्पादन हुने गर्दछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता