गुल्मीमा मृत फेला परेकी महिलाको तालिम प्राप्त कुकुरद्धरा अनुसन्धान सुरु



अनिल खत्री-१६ माघ, गुल्मी ।

गुल्मी जिल्लाको आफनै घरमा मृत अबस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्धरा अनुसन्धान सुरु गरिएको छ । आइतवार हातमा टेप लगाएको, खुट्टा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा मुसिकोट नगरपालिका–७ वामी निवासी ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको थियो ।
घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै भैरहवाबाट तालिम प्राप्त कुकुरल ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले बताउनु भयो । आइतवार दिनभर तालिम प्राप्त कुकुरको प्रतिक्षामा घटना स्थलाई शिल गरेर राखिएको थियो ।
हिजो बेलुकी साँझबाट मात्रै तालिम प्राप्त कुकुर र प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी र कुकुरले मृत अवस्थामा फेला परेकी गंगादेवीको शव र घरवरिपरिको अवस्था बारे अवलोकन गरेको छ ।
प्रहरीले घटना स्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टको लागि जिल्ला सदरमुकाम लैजाने तयारी पनि गरिरहेको प्रहरी उपरीक्षक (एसपी) रानाभाटले बताउनु भयो । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् ।
मृत गंगगादेविको घरको चेनगेट बन्द अवस्थामा थियो । शेरचन आज बिहान घरबाट बाहरि ननिस्कीएपछि छिमेकीले सोधखोज गर्दा उनको शवलाई हातमा टेप, खुट्टामा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा भेछेपछि प्रहरीलाई खबर गरेका थिए ।
शेरचनले विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आएकी थिइन् । स्थानीय आफन्त सुनिल शेरचेनले घटना संकास्पद भएकोले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका थिए ।
सत्यतथ्य पत्ता लगाउनका लागि माग गर्दै गुल्मी र छिमेकी जिल्ला बाग्लुङका स्थानीयहरुको बाक्लो सहभागिता रहेको छ । घटना स्थल गुल्मीको सिमाना खोलाको साँधमा पर्दछ । खोला पारि बाग्लुङ जिल्ला पर्दछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता