गुल्मीमा मालिका गाउँपालिकाको सबैभन्दा कम बेरुजु



बैशाख ०१ गुल्मी ।
गुल्मीमा सबैभन्दा कम बेरुजु रकम मालिका गाउँपालिकाको देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६० औँ प्रतिवेदनमा जिल्लाका १२ वटा स्थानीय तहमध्ये मालिका गाउँपालिका पहिलो बनेको हो ।
आर्थिक वर्ष ०७८/७९ को एक अर्ब ३० करोड २३ लाख ९ हजार रकम लेखापरीक्षण गर्दा १ करोड १८ लाख ७२ हजार मात्रै बेरुजु देखिएको छ ।
जुन ०.९१ प्रतिशत हो ।
गाउँपालिकाले नियम संगत र कानुनी प्रक्रिया तथा सहि अभिलेख राखेका कारण सफल बनेको योजना शाखा प्रमुख अशर जिसीले बताए ।
साथै देखिएको बेरुजु रकम बाट पनि नियमित गर्नु पर्ने रकम धेरै भएको तर्क गर्दै बेरुजु शुन्यमा झार्ने गाउँपालिकाको अभियान सफल हुने उल्लेख गरे ।
त्यस्तै यता आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले भने “मुख्य गरि हामीले कार्यसम्पादन तथा सेवा प्रवाह गर्ने क्रममा ऐन नियम सङ्ग्रहहरुको पुर्ण पालना गरी स्थानीय जनसरोकारका आवश्यकताहरु सम्बोधन गर्ने गरेको थियौँ ´´ । भुक्तानीलाई वान्छित तुल्याउन कर्मचारी तालिम तथा योजना अनुशिक्षण जस्ता कार्यक्रमहरु संचालन गरेका छौ जसले गर्दा सुशासन कायम गर्न सहयोग पुगेको छ। साथै जनप्रतिनिधिको कुनै दबाब र प्रभाव नपरेको हुँदा बेरुजु कम देखिएको आर्थिक प्रशासन शाखाका प्रमुख केसीको प्रतिक्रिया रहेको छ ।
यता गाउँपालिका अध्यक्ष देवीराम अर्यालले नयाँ वर्षको दिन मालिका वासीले खुसिको खबर प्राप्त गरेको बताए । अध्यक्ष अर्यालले भने, ‘सुशासन , पारदर्शिता,जवाफदेहिता र आर्थिक मितव्ययितामा गाउँपालिका प्रतिबद्ध छ ’ ।
बेरुजु शुन्यमा झार्ने अभियान गाउँपालिका रहेको छ र त्यसलाई पूरा गर्न सबै कर्मचारी र जनप्रतिनिधि सचेत छौं र सहि ढङ्गले कार्यसम्पादन गर्ने अध्यक्ष अर्यालले उल्लेख गरे ।
गुल्मीमा मालिका पछि दोस्रो स्थानमा छत्रकोट गाउँपालिका रहेको छ । १ अर्ब ३० करोड ६० लाख रकम लेखापरीक्षण गर्दा दुई करोड ८ लाख ६९ हजार रकम बेरुजु देखिएको छ । जुन १.६ प्रतिशत हो ।
त्यस्तै तेस्रोमा रहेको मदाने गाउँपालिकाको बेरुजु रकम दुई करोड ३० लाख ३९ हजार रहेको छ ।
मदाने गाउँपालिकाको १ अर्ब ३५ करोड १२ लाख ८२ हजार रकमको लेखापरीक्षण भएको थियो ।
जिल्लामा सबै भन्दा धेरै कालीगण्डकी गाउँपालिकाको बेरुजु रकम देखिएको छ ।
कालीगण्डकी गाउँपालिकाको ५.३४ प्रतिशत अर्थात ६ करोड २१ लाख ४७ हजार रकम बेरुजु देखिएको हो ।
यस गाउँपालिकाको एक अर्ब १६ करोड ५३ लाख ६ हजार रकम लेखापरीक्षण भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता