गुल्मीमा भष्ट्रचार विरुद्ध हस्ताक्षर सङकलन्



मनु सुनार गुल्मी ।

राष्ट्रिय जनमुक्ति पार्टीले भष्ट्रचार विरुद्धको राष्ट्रिय अभियान् शुरु गरको छ । नेपालको ७७ वटै जिल्लामा यो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका तेजमान् थापाले जानकारी दिनुभएको छ ।
आज गुल्मीमा पनि भष्ट्रचार विरुद्धको राष्ट्रिय अभियान्लाई सफल बनाउनका लागि हस्ताक्षर सङकलन् गरिएको छ । सदरमुकाम तम्घासको सहिद चोकमा भष्ट्रचारको अन्त्यका लागि हस्ताक्षर संङकलन् गरिएको हो । 

भष्ट्रचारीलाई कठोर दण्ड सजाय कम्तीमा जन्म कैँद र सम्पत्ति राष्ट्रिय करण गर्ने व्यवस्था हुनुपर्ने माग राख्दै भष्ट्रचार विरुद्धको हस्ताक्षर सङकलन् शुरु गरिएको राष्ट्रिय जनमुक्ति पार्टीले उल्लेख गरेको छ ।
‘भष्ट्रचार विकास विरोधी रोग हो ।’नेता थापाले भन्नुभयो ‘विकासलाई अति नै तहस–नहस पार्छ ।’ भष्ट्रचार विरुद्धको राष्ट्रिय अभियानलाई देशभरबाट नागरीहरुको सहयोग मिलिरहेको थापाले बताउनुभयो ।
सरकारले भष्ट्रचार निर्मुल पार्ने कुरा गर्ने तर यसको अन्त्यका लागि अग्रसरता नदेखाउने भएकै कारण भष्ट्रचार मौलाउदै गएको उहाँको भनाई छ । ‘विकास नहुनु भनेकै भष्ट्रचार हुनु हो ।’ भन्दै नेता थापाले सरकारलाई सचेत बनाउन भष्ट्रचार विरुद्धको राष्ट्रिय अभियान शुरु गरेको बताउनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता