गुल्मीमा बहुविवाहको कसुरमा दुई महिला र दुई पुरुष पक्राउ !



माघ १३ गुल्मी ।
गुल्मीका दुई छुट्टाछुट्टै स्थान बाट बहुविवाहको कसुरमा दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ,जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ बस्ने ३६ वर्षीय बजिन्द्र झाँक्री पक्राउ परेका हुन । उनकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा प्रहरीले बजिन्द्र सहित जाहेरीमा उल्लेखित महिलालाई समेत पक्राउ गरेको छ । उनी माथी मुसिकोट नगरपालिका ३ बस्ने ३० वर्षीया एक महिलालाई दोस्रो बिबाह गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी माधव प्रसाद खरेलले जानकारी दिए ।

त्यस्तै यता जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा अस्थायी बसोबास गर्दै आएका २५ वर्षीय आशिष थापा पनि बहुविवाहको कसुरमा पक्राउ परेका छन । उनले सोही ठाउँकी २५ वर्षीया महिलालाई दोस्रो बिबाह गरेको प्रहरी उल्लेख गरेको छ । थापाकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा उनका श्रीमान थापा सहित जाहेरीमा उल्लेखित महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरु चार जना विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता