गुल्मीमा पहिलो पटक तीनै तहका कर्मचारीलाई सम्पति व्यवस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान



फागुन ६ गुल्मी ।
गुल्मीमा पहिलो पटक तीनै तहका कर्मचारीलाई सार्वजनिक सम्पति व्यवस्थापन प्रणाली सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीको आयोजनामा फागुन ४ र ५ गते सदरमुकाम तम्घासमा तालिम प्रदान गरिएको हो ।

जिल्ला स्थित संघ ,प्रदेश र स्थानीय तहका लेखा प्रमुख,जिन्सी शाखाका प्रमुख र कार्यालय प्रमुख सहित ७५ जना कर्मचारीले तालिम लिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष खिमलाल अधिकारीले बताए ।

तालिममा सार्वजनिक सम्पतिको कसरी व्यवस्थापन र संरक्षण गर्ने ,खरिद बिक्री ,मिनाह र लिलाम सम्बन्धि अन्लाईन कसरी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख छबिन्द्र बेलबासेले बताए। साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।

तालिमले समय र जनशक्तिको बचत हुनुका साथै,आवश्यक परेको खण्डमा विभिन्न फाँट बाट प्राप्त हुने प्रतिवेदन समयमै पाउन सकिने मालिका गाउँपालिकाका लेखा प्रमुख रामकुमार केसीले बताए । त्यस्तै तालिमले कामलाई प्रभावकारी ,छिटो, छरितो बनाउन मद्धत पुराएको प्रशिक्षार्थी भुवन पन्थीले बताए ।

गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता