गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि,४६ जना संक्रमणमुक्त !



गोकर्ण पाण्डे जेठ -२८ गुल्मी।

गुल्मीमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पीसीआर परिक्षण गर्दा १६ र एन्टिजेन परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लाको मुसिकोट नगरपालिकामा १३ जना,रेसुङा नगरपालिकामा दुई जना,मालिका गाउँपालिकामा दस जना,इस्मा गाउँपालिकामा पाँच जना,रुरुक्षेत्र गाउँपालिकामा तीन जना, छत्रकोट गाउँपालिकामा दुई जना,धुर्कोट गाउँपालिकामा दुई जना,गुल्मीदरबार गाउँपालिकामा एक जना, सत्यवती गाउँपालिकामा एक जना,गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५ सय ९८ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार २७४ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ ।दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता