गुल्मीमा ट्रकले किचेर सह चालकको घटना स्थलमै ज्यान गयो !



 

जेठ २९ गुल्मी ।

गुल्मीमा ट्रकले किचेर सह–चालकको घटना स्थलमै ज्यान गएको छ ।

मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरा स्थित ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले किचेर सोही ट्रकका सह चालक अन्दाजी २० वर्षिय गगन घर्तीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

अर्घाखाँची बाट निर्माण सामग्री बोकेर आएको उक्त ट्रक ओरालोमा रोकिएको र सह–चालक घर्तीले पछाडि ओँट लगाउदै गर्दा ट्रक गुडेर टाउकोमा किच्दा घटना स्थलमै ज्यान गएको बताईएको छ । घर्तीको घर प्युठानको स्वर्गद्धारी रहेकोे खुलेको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता