गुल्मीमा जीप दुर्घटना, ६ घाइते



हुमाकान्त पोखरेल, गुल्मी-२७ असार ।

गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट इस्मा दोहोली जाँदै गरेको ग १ ज ५८८९ नम्बरको बलेरो जीप सोमबार साँझ ६ बजे रेसुङ्गा नगरपालिका -४ स्थित मसिनापोखरीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी इस्मा गाउँपालिका -४ दोहोलीका ५४ बर्षिय लंक बहादुर पल्ली, ५९ बर्षिय रूद्र बहादुर पल्ली, ५९ बर्षिया नर्मती घिमिरे घाइते भएका छन् ।

त्यस्तै दोहोलीकै ६८ बर्षिय ज्ञान बहादुर बस्नेत, ५६ बर्षिय हरी बहादुर दर्लामी र ५८ बर्षिय केश बहादुर पल्ली घाइते भएको ट्राफिक प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए । टाउकोमा चोट लागेको कारण केश बहादुर र छात्रीमा भित्री चोट लागेका कारण नर्मतीलाई थप उपचारका लागि पाल्पा पठाउने तयारी भइरहेको छ । अन्य घाइतेको भने गुल्मी अस्पतालमा उपचार भइरहेको छ । ओभर लोडका कारण ब्रेक फेल भइ गाडी भित्तामा ठोकिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता