गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु



फागुन ७ गुल्मी ।
गुल्मीमा आगोमा जलेर एक जना वृद्वाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार बिहान आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।
आगोमा जलेर सख्त घाइते भएकी खत्रीको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता