गुल्मीमा आगलागी रोकथामको लागि सशस्त्र प्रहरी द्वारा सचेतना कार्यक्रम सञ्चालन !



बैशाख २७ गुल्मी ।
पछिल्लो समय आगलागीका घटना बढे संगै सशस्त्र प्रहरी बल गुल्मीले त्यस तर्फ चासो दिएको छ ।
सशस्त्र प्रहरी बल ,नेपाल नम्बर ३७ हेडक्वाटर गुल्मीले आगलागी नियन्त्रण तथा रोकथामको लागि विद्यार्थी बिच सचेतना कार्यक्रम गरेको सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख निभन खड्काले बताए ।
खड्काका अनुसार बैशाख १९ गते सिद्धबाबा मावि र बैशाख २७ गते महेन्द्र माविका विद्यार्थी बिच सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
सशस्त्र प्रहरी बल निरीक्षक विवेक लामिछाने नेतृत्वको टोलीले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई आगोको तत्व,आगोको वर्गीकरण ,आगलागी हुनुको कारण ,आगलागी नियन्त्रणको लागि पुर्व तयारी,आगलागी भएमा के गर्ने ,आगलागी नियन्त्रण गर्दा ध्यान दिनु पर्ने विषयवस्तु सम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको हो ।
साथै आगलागीको उच्च जोखिम रहेका जिल्लाका अन्य स्थानमा पनि आगलागी सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने सशस्त्र प्रहरी बल गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता