गुल्मीमा अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द



अनिल खत्री
१ असार, गुल्मी । गुल्मी अस्पतालले नेपाल सरकारबाट वितरण हुने सुत्केरी भत्ता दिन छोडेको छ । जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चीत भएका छन् ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालले पछिल्लो एक महिना यता सुत्केरी भत्ता वितरण गर्न बन्द गरेको छ । नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएवापत प्रत्येक सुत्केरी आमाहरुलाई यातायात खर्च वापत २ हजार दिने गर्दछ ।
त्यस्तै गर्ववती महिलाले सरकारी स्वास्थ्य संस्थामा ४ पटक भन्दा वढि गर्व चेक जाँच गराएको भए थप ८ सय रुपैयाँ पाउछन् । तर अहिले गुल्मी अस्पतालले यी दुबै सेवा दिन छोडेको छ ।
जसले गर्दा अस्पतालमा सेवा लिन आउने सुत्केरी महिलाहरु मारमा परेका छन् । अस्पतालले सुत्केरी महिलाहलाई तुरुन्तै रकम वितरण गर्न नसिंङ्ग इन्चार्जलाई पेस्की रकम दिने गरेको थियो ।
तर अहिले त्यो पेश्की रकमको फर्यौट नगरेकाले अस्पतालले सुत्केरी महिलाहरुलाई दिने रकम दिन छोडेको हो । एउटै व्यक्तिले पटक–पटक फेश्की लिन नमिल्ने र रेकर्ड पनि उपलब्ध नभएकाले यो सेवा केहि दिनका लागि बन्द भएको अस्पतालका प्रमुख डक्टर राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।
पेश्की लिएका नसिंङ्ग इन्चार्जले आबश्यक कागजपत्र उपलब्ध गराउन नसकेकाले सुत्केरी महिलाहरुले पाउने अधिकारबाट बञ्चीत गरिएको छ । पेश्की लिएका नर्सहरु लेखापाल नभएकाले उपलब्ध गराउन नसकिएको भनेर उम्कीने गरेका छन् ।
केहि महिना अघिको अबधीमा अस्पतालका प्रमुख र लेखापाल को सरुवा भएकाले बिबिध समस्या आएको जिसीले बताउनुभयो । अहिले पुरा नभएका कामगजपत्रहरु तयार गर्ने र पेश्की रकम फर्यौट गर्ने कार्यका लागि काम भइरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय सेवा लिएका सुत्केरी आमाहरुको सम्पर्क नम्बर राखेकाले समस्या समाधान भएपछि बोलाएर बितरण गरिने अस्पताल प्रमुख जिसीको भनाई छ ।
गुल्मी अस्पतालमा पछिल्लो असोजदेखि जेठसम्म सुत्केरीले पाउने रकमलागि नेपाल सरकारसँग भुक्तानी दाबि भएको छैन् । प्रत्येक महिना सुत्केरी भएका महिलाहरुको विवरण तयार गरेर सरकारसँग भुक्तानीका लागि फारम पेस गर्ने गरिन्छ ।
तर कर्मचारीकै ढिला सुस्तीका कारण असोजबाट अहिलेसम्म विवरण पेस नभएको गुल्मी अस्पतालले जनाएको छ । अहिले अस्पतालले सुत्केरी महिलाहरुलाई दिने रकम नदिदा चौतफी रुपमा आलोचना भइरहेको छ ।
ग्रामीण वस्तीबाट सेवा लिन आउने गरिब तथा असायहरुका लागि सरकारले दिने रकम धेरै नै हुने अस्पतालमा सेवा लिन पुगेका भरत भण्डारीले बताउनुभयो । राज्यबाट पाएको सुबिध बन्द हुनु दुखद पक्ष रहेको उहाँको भनाई छ ।
स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा त्यो पनि सुत्केरी आमाहरुले पाउने सेवा सुबिधामा खेलबाड गर्न नहुने भण्डारीले बताउनुभयो । अहिले अस्पताल विकास समितिको रकमबाट पेश्की लिएर सुत्केरीलाई रकम दिँदै आएको थियो ।
गुल्मी अस्पतालमा मासिक ५० देखि ७० जनासम्मले सुत्केरी सेवा लिने गरेका छन् । गुल्मी अस्पतालमा वार्षिक ६ सय भन्दा वढि महिलाहरुले अस्पतालमा बच्चा जन्माउने गरेको तथ्याङक रहेको छ ।
त्यसमध्ये ४ सय जना नर्मल र २ सय जनाको अप्रेशन गर्ने गरिएको छ । अस्पतालमा हाल प्रसुति रोग बिशेषज्ञ डक्टर रहेका छन् । जसले गर्दा सेवाग्रहीको चाप धेरै नै रहेको छ ।
पछिल्लो समय हाडजोर्नी प्रसुती लगायत बिभिन्न डक्टरहरु ल्याएर सेवा प्रवाहमा सुधार गरेको अस्पतालले सुत्केरी भत्ता दिन नसक्दा सबैतिर आलोचना भइरहेको छ । अस्पतालले यस्तै सामान्य कम्जोरी गर्दै जाँद पहिले रिर्फर सेन्टर जस्तै बनेको अस्पताल पुनः त्यस्तै बन्ने होकी भन्ने नागरिकमा चिन्ता उत्पन्न हुन थालेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता