गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु !



प्रेम सुनार असोज ३ गुल्मी ।

गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका -८ का ५६ बर्षिय टोप बहादुर राना मगर अरिङ्गालको टोकाइ बाट मृत्यु भएका हुन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राती राना सहितका ५/६ जनाको समूह बुढिचौर माथी रेसुङ्गा बनमा अरिङ्गाल पोल्न गएका थिए । उनी अरिङालले टोकेका घाउ डामहरु सहित सोमबार बिहान साढे ७ बजे आफ्नै घरको कोठामा मृत फेला परेका थिए । अरिङ्गालको टोकाइबाट अर्का एक जना सामान्य घाइते भएको र अरु सकुशल रहेको बताइन्छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता