गुल्मीको मदाने स्थित मेहेलेपोखरी माबिविरुद्ध युवा उठे !



गुल्मी, २१ पुस । 

गुल्मीको मदाने गाउँपालिका ४ को मेहेलेपोखरी माविलाई स्थानीय युवाहरुले ध्यानाकर्षण गराएका छन् । एसइई परिक्षामा एक जना बिद्यार्थी मात्रै उर्तिण भएको र गुणस्तरिय शिक्षा नहुँदा आफ्ना बालबालिकाको भविष्य अन्धकार भएको भन्दै बिद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । राज्यको सेवा सुविधा लिएर बिद्यार्थीको भविष्य धाराशायी नबनाउन स्थानीयले आग्रह गरे । १७ जना युवाहरुको टोलीले बिद्यालयलाई १५ दिनभित्र बिद्यालयको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

उनीहरुले शैक्षिक वातावरण, शैक्षिक सामग्री, सेवासुविधा सहित र तालिम प्राप्त शिक्षक उपलब्ध हुँदाहुँदै परिक्षाफल नराम्रो आउनुको कारण माग गर्दै बिद्यालयले बिद्यार्थी, बिद्यालय र अभिभावबिच कहिल्यै छलफल तथा अन्तरक्रिया नगरेको आरोप युवाहरुको छ । त्यस्तै बिद्यालयमा एक बर्षदेखि बिद्यालय व्यावस्पथापन समिति गठन हुन सकेको छैन् ।

उनीहरुले राजनैतिक पुर्वाग्रह साँधेर एक बर्षदेखि बिद्यालय व्यावस्थापन समिति गठन नहुनु दुखद भएको भन्दा प्रध्यानाध्यापकको ध्यानाकर्षण गराएको स्थानीय युवा दिपेन्द्र भट्राईले बताए ।

बिद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर बोहोराले दलगत सहमति नजुट्नु र अभिभावकबिच सदस्यका आकांक्षी धेरै भएकाले बिद्यालय व्यावस्थापन समिति गठन नभएको बताए । उनले समिति नहुँदा थुप्रै समस्या आएकाले अब निर्वाचन प्रक्रिया मार्फत गठनको योजना बनाएको जानकारी दिए । बिद्यालयमा शिक्षक दरबन्दी खाली छन् । तर, नयाँ कार्यसमिति नहुँदा शिक्षक परिपूर्ति गर्न समस्या भइरहेको छ । बोहोराले एसइईमा एक जना मात्रै बिद्यार्थी उर्तिण भएको बिषयले गम्भिर बनाएको बताए ।

बिद्यालयदेखि पालिकासम्म एसईइको नतिजाका बिषयमा समिक्षा भएकाले अब सच्चिनुको बिकल्प नभएको बोहोराले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता