गुल्मीको चन्द्रकोटमा चिया खेतिको सुरुवात !



साउन १३ गुल्मी ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाले झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समितिले चियाका बिरुवा रोपण गरेको छ । झुलेनी पर्यटन क्षेत्रमा सौन्दर्यीकरण अभिवृद्धि गरि आन्तरीक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले वडा नम्बर ५ ग्वाघामा चियाका बिरुवा रोपण गरिएको हो ।
समुन्दी सतह देखि करिब १४ सय मिटर अग्लो स्थानमा चियाको सम्भावता अध्ययनका लागी समेत सहयोग पुग्ने छ । गाउँपालिकामै चियाको पाईलट प्रोजेक्टका रूपमा यस क्षेत्रमा करिब ५ सयभन्दा बढी चियाका बिरुवा रोपिएको हो ।
चिया तथा कफि विकास बोर्डको सुझाव बमोजिम उचाइमा हुने अर्थोडक्स प्रजातिको चियाका बिरुवा रोपिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँले प्राविधिकले भने अनुसार परिक्षणका लागी चियाका बिरुवा रोपण गरी राम्रो भए थप क्षेत्रमा बिस्तार गरिने बताउनुभयो ।
व्यवसायिक तथा सौन्दर्य वृद्धि हुनाले यो नवीनतम कार्यको सुरुवात गरिएको बताउनुभयो ।    बिरुवा रोपेरा मात्र नहुने भएकाले त्यसको संरक्षण तथा हेरचाह गर्न पनि आवश्यक रहेकोले निरन्तर रुपमा गाउँपालिकाले साथ दिने र स्थानीयले पनि संरक्षणमा हातेमालो गरेर अगाडी बढ्ने गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता