गुल्मीका ३६ कैदीबन्दीले मतदान गर्ने !



मङ्सिर १ गुल्मी ।

आसन्न मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जिल्ला कारागार गुल्मी बाट ३६ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।
कारागारमा ८० जना कैदीबन्दी भए पनि मतदाता नामावलीमा नाम भएका ४ महिला र ३२ पुरुष गरि ३६ जनाले मात्रै प्रतिनिधि सभा तर्फ समानुपातिकमा मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकृत माया कुवँरले बताउनु भयो ।
कारागार परिसर भित्र अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्ने व्यवस्था मिलाईने जिल्ला कारागार गुल्मीले जनाएको छ । मत बदर नहोस् भनेर कैदीबन्दीलाई मतदाता शिक्षा समेत प्रदान गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक सय ४२ मतादान स्थल, दुई सय ७८ स्थायी मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र रहेको छ ।
गुल्मीमा दुई लाख २३ हजार ६ सय १५ जना मतदाता रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता