गुल्मीका स्थानीय सरकारहरुले रकम खर्च गर्न सकेनन, अनुदानका कार्यक्रमको रकम फिर्ता



सूर्य सुनार – पौष ३ गुल्मी । 

गुल्मीमा आर्थिक वर्षा २०७७,०७८ मा ८ अर्ब ४ करोड ५४ लाख ४१ हजार विनियोजन भएको छ । पहिलो चौमासिकमा खर्च गर्नु पर्ने रकम २ अर्ब ८६ करोड ३८ लाख ६ हजार रहेको छ । जसमा विनियोजित रकम मध्य बास्ताविक खर्च १ अर्ब ९६ करोड ५२ लाख रकम खर्च भएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ ।
प्रदेश तर्फ कार्यालयहरुले खर्च गर्नुपर्ने लक्ष्य कुल बजेट १ अर्ब ७९ करोड ९९ लाख ३३ हजार हो । जस मध्य बास्तविक भएको खर्च १९ करोड ११ लाख रहेको छ । खर्चको प्रतिशत हेर्दा चौमासिक विभाजनको आधारमा २५.६ प्रतिशत र बार्षिकको आधारमा १०.६४ प्रतिशत हुन् आएको हो । संघिय कार्यालय तर्फ खर्च हुने बजेट ६ अर्ब २४ करोड ८५ लाख ८ हजार हो । यस अवधिमा जम्मा १ अर्ब ७७ करोड ४० लाख ८१ हजार खर्च भएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।
गुल्मीमा यस अवधिमा राजस्व संकलन ४३ करोड ९२ लाख ११ हजार उठेको ज्ञवालीले बताउनुभयो । जिल्लाका स्थानीय तहमा गएका अनुदानका कार्यक्रममा गएको रकम फिर्ता आउँदा २८ करोड राजस्व संकलन भएको ज्ञवालीले बताउनुभयो ।
जिल्लाका स्थानीय सरकारहरुले रकम खर्च गर्न नसक्नुको कारण कोभिड १९ र गृह मन्त्रालयले नदी जन्य पदार्थ उत्खन्न गर्न निषेध गरेको कारण बजेट खर्च नभएको स्थानीय सरकारका प्रमुखले बताएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता