गुल्मीका स्थानीय तह र अस्पताललाई ८ थान अक्सिजन कन्सन्टेटर सहयोग



गुल्मी, २३ जेठ ।

गुल्मीमा क्रिटिकल केयर र डाँफे फाउन्डेसनले ५ स्थानीय तह र गुल्मी अस्पताललाई अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको छ । अमेरिकामा रहेका डाक्टर दिपेन कडारियाले डाँफे फाउण्डेशन मार्फत नेपालको क्रिटिकल केयर डेभलप्मेन्ट फाउन्डेसनलाई विभिन्न स्वास्थ्य उपकरण र सामग्रीहरु सहयोग गरिरहेका छन् ।

नेपाल क्रिटिकल केयर डेभलप्मेन्ट फाउन्डेसन मार्फत डाक्टर लक्ष्मण भुसालले नेपाल पत्रकार महासंघ गुल्मीसंग समन्वय गरेर जिल्लामा अक्सिजन कन्सन्टेटर वितरण गरिरहेको नेपाल पत्रकार महासंघ ‘अक्सिजन अभियानका’ अभियान्ता तारा प्रसाद भुसालले जानकारी दिए । सोमबार जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, गुल्मी दरवार गाउँपालिका, इस्मा र छत्रकोट गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गुल्मीको भवनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक तथा प्रतिनिधीहरुलाई रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले अक्सिजन कन्सनटेटर प्रदान गरेका थिए ।

स्थानीय तहलाई मेसिन प्रदान गर्दै मेयर भुसालले सहयोग गर्ने डाँफे फाण्डेशन र समन्वय गर्ने क्रिटिकल केयरसहित डाक्टर लक्ष्मण भुसाल तथा नेपाल पत्रकार महासंघ गुल्मीलाई धन्यवाद दिए । ‘पत्रकारले पेसासंगै अक्सिजन प्लान्टको उदाहरणीय अभियान चलाए, डाँफे र केयर जस्ता कैयन संस्थाले महामारीमा सहयोग तथा समन्वय गरे मावनता त्यहि हो,’उनले भने,‘महामारीमा प्राप्त सहयोगको सह  िसदुपयोग गरियोस् ।’ यसैबिच केहि दिन अघि डाँफे फाउण्डेशन र नेपाल क्रिटिकल केयरकै सहयोगमा नेपाल पत्रकार महासंघ मार्फत गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर प्रदान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र मार्फत धर्कोट गाउँपालिका र मदाने गाउँपालिकालाई २÷२ थान अक्सिजन कन्सनटेटर र १५ थान पिपई बितरण हुँदैछ । गुल्मी दरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बिपद्को सहयोग राज्य र नागरिक दुवैका लागि धेरै महत्वपूर्ण हुने भएकाले सहयोगी सवैलाई धन्यबाद दिए ।

उनले डाँफे, क्रिटिकल केयर र पत्रकार महासंघ जस्ता गैरसरकारी संघ÷संस्था र व्यक्तिहरुको सहयोगलेनै आफुहरुलाई कोभिड बिरुद्ध काम गर्न उर्जा मिलेको बताए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुको अभियानसंग जोडिएर स्थानीय तह र अस्पतालहरुमा अक्सिजन कन्सनटेटर प्रदान गर्ने डाक्टर दिपेन कडरिया, सम्राट आचार्य र डाक्टर लक्ष्मण भुसालप्रति आभार प्रकट गरे ।

उनले आगामी दिनमा पनि सहयोग र समन्वयको अपेक्षा व्यक्त गरे । नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन अभियान’ अन्तरगत अक्सिजन प्लान्ट निर्माण गर्न गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ । जस अनुसार प्लाण्टको टेन्डर आव्हान समेत भएको छ । त्यस्तै अक्सिजन सिलिन्डर खरिद, भर्ने र अरु सामग्री प्रदान गर्ने काम महासंघले निरन्तर गरिरहेको अक्सिजन अभियान समन्वय समिति संयोजक जनार्दन घिमिरेले बताए ।

महासंघले औषधी व्यावसायी, गुल्मेली समाज जापान लगायतका संघसंस्थाहरु मार्फत पनि गाउँगाउँमा अक्सिजन कन्सनटेटर, पिपिई, अक्सोमिटर, भिटिएम, थर्मोमिटर र औषधी लगायतका सामग्री वितरण गरिएको घिमिरेले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता