गुल्मीका जसपाका बरिष्ठ उपाध्यक्ष पाण्डे र उपाध्यक्ष खत्री माओवादी केन्द्रमा प्रवेश !



भदौ ६,२०८० गुल्मीः

जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
मंगलबार नेकपा माओबादी केन्द्र गुल्मीको पूर्ण बैठकमा जिल्लाका बरिष्ठ उपाध्यक्ष  घनश्याम पाण्डे र उपाध्यक्ष पदम खत्री (श्याम) लाई माओबादी केन्द्रका स्थायी कमिटि सदस्य तथा  लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महराले पार्टीमा स्वागत गरेका हुन् ।
केही दिन अगाडी  नेकपा एमाले चन्द्रकोट गाउँपालिका सहइन्चार्ज तथा जिल्ला सदस्य बाबुराम बोहोराले (विपिन) एमाले परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गरेका थिए ।
पार्टीमा स्वागत गर्दै महराले माओबादी केन्द्र सबैको आशा र भरोसाको पार्टी भएकोले सबै नेता तथा कार्यकर्ता जनताको घरघरमा गई समस्या बुँझन र समस्या समाधान गर्दै पार्टीमा गोलवद्ध हुन आग्रह गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता