गायिका मञ्जुको ‘माइती हरायो’



अनिल खत्री
२ भदौ, गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत कोसेली ‘माइती हरायो’ सार्वजनिक भएको छ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज पर्व आउन करिब एक महिना दिन बाँकी रहदा तिज बिशेष गीतहरु आउने गरेका छन् ।
गायिका पौडेले नारि बेदनालाई समेटेर तयार पारिएको ‘माइती हरायो’ बोलको तिज गीत सार्वजनिक गरेकी हुन् । पौडेलले प्रत्येक वर्षको तिजको अबसर पारेर मौलीक कथा वस्तुमा तयार पारिएका गीत सार्वजनिक गर्ने गरेकी छन् ।
तिज पर्वमा बिशेष गरि नारि बेदनाहरु गीतका माध्यमबाट पोख्ने गर्दछन् । बिहे गरेर घरमा नारिहरु तिज पर्वमा भेला भइसकेपछि आफना साथी सगीहरुसँग बेदनाहरु गीतमा रुपमा पोख्ने गर्दछन् ।
गायिका पौडेलले पनि माइतीमा आफ्ना बाबा आमा नभइसकेपछि माइती हराएको गीतका माध्यमबाट प्रस्तुत गरेकी छन् । नारिलाई माइतीमा बाबा आमा नभइ सकेपछि माइती हराएको आभास हुने गरेको उनको गीतमा रहेको छ ।
गायिका पौडेलले सार्वजनिक गरेको ‘माइती हरायो’ तिज गीत आफ्नै बास्ताविक कथा वस्तु रहेको छ । गतवर्ष आफनी आमा गुमाएकी पौडेलले माइतीमा आमा नहुँदाको पिडा गीतका माध्यमबाट प्रस्तुत गरेका हुन् ।
गतवर्ष पनि उनले आफ्नै आमाको सम्झनामा ‘बाबाको आँगनी’ तिज गीत सार्वजनिक गरेको थिइन् । उक्त गीतमा आफनी आमाले गाएको गीतलाई सम्मान स्वरुप सार्वजनिक गरेकी थिइन ।
गीतमा बाबाको आँगनीमा तिजका नाँचेको कथा वस्तु रहेको थियो । यसवर्ष सार्वजनिक गरिएको ‘माइती हरायो’ निकै मर्म स्पर्शी शब्द भावले तयार पारिएको गीत रहेको छ ।
गीतले खासगरि माइतीमा बाबा आमा नभइसकेपछि माइती नै हराउने कथा वस्तु रहेको छ । आमा नभइसकेपछि माइती हराएको र झल्को आइरहेको कथा वस्तु गीतमा रहेको छ ।
माइती हराएको र भाइदाई हुँदा पिर नमान्न भनेका कुरा गीतमा पाउन सकिन्छ । गायिका मञ्जु पौडेल र गायक पशुपति शर्माको स्वर रहेको गीतमा लय शब्द पशुपति शर्माकै रहेको छ ।
गायिक मञ्जु पौडेलको आफनै युट्युब च्यानलबाट सार्वजनिक भएको गीत सार्वजनिक भएको केहि बेरमै धेरै दर्शक श्रोताले रुचाएका छन् ।
गीतको पुरा भिडियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता