गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा !



भदौ १० गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भदौ ७ गते बसेको अध्यक्ष स्तरीय  बैठकले , भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।
कला संस्कृति तथा चाडपर्वको संरक्षण एवम्  प्रबर्द्धन गर्ने उद्देश्यले बिदा दिईएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बताए ।
सार्वजनिक बिदाको दिन गाउँपालिकाको कार्यालय अन्तर्गतका सम्पुर्ण कार्यालय , स्वास्थ्य तथा शिक्षण संस्था,बैंक तथा वित्तीय संस्था बन्द रहने छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता