किसानलाई अनुदानमा उन्नत जातका भैंसी र दुध प्रर्वद्धनको लागी डेरी !



भदौ- ३१ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले कृषी र पशुपालन क्षेत्रलाई प्रभावकारी ढंगले अगाडी बढाउदै लगेको छ ।
गाउँपालिकाले अनुदानमा उन्नत जातको भैैंसी वितरण गर्ने र उत्पादित दुधको बजारीकरणको लागी डेरी सञ्चालन गर्दै आएको छ । त्यस्तै सोही कार्यलाई निरंतरता दिदै बिहिवार देखी गाउँपालिकाको वडा नम्वर ६ अर्जै फुलबारीमा पनि दुग्ध डेरी सञ्चालनमा ल्याईएको छ ।

उत्पादित दुधको सहज बजारीकरणको लागी डेरी सञ्चलानमा ल्याइएको वडा अध्यक्ष शोभाखर गिरीले बताए । उक्त डेरी सञ्चालनको लागी गाउँपालिकाले ३५ हजार आर्थीक सहयोग समेत गरेको छ ।
दुग्ध डेरीको उद्धघाटन गर्दै गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले किसानलाई उत्पादनमा लाग्न आग्रह गर्दै व्यवसायकि किसान बन्नु पर्ने बताएका छन् ।
दुग्ध उत्पादन बढाउनको लागी किसानलाई आवश्यक ज्ञान, सीप तथा उन्नत जातका घाँस वितरण गर्ने आफुहरुको योजना रहेको वडा अध्यक्ष शोभाखर गिरीले बताए

गाउँपालिकाले आर्थीक वर्ष २०७७/७८ मा भैंसी प्रर्वद्धन कार्यक्रम बाट २० लाख रकम विनियोजन गरी ३४ वटा उन्नत जातका भैंसी खरिद गरेको थियो ।
किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए । भैंसी प्रर्वद्धन कार्यक्रम वडा नम्वर ६ अर्जै र वडा नम्वर चार अर्खबाङमा लागु गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता