काङ्ग्रेस सभापति देउवा सहित शेखर कोइराला र दुई महामन्त्री गुल्मी आउँदै !



मङ्सिर ४ गुल्मी ।
नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सहित काङ्ग्रेसका बरिस्ठ नेता शेखर कोइराला ,दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी आउने भएका छन् । नेपाली काङ्ग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न उनिहरु गुल्मी आउने नेपाली काङ्ग्रेसले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उनिहरु संगै काङ्ग्रेसका केन्द्रिय सदस्य डा: चन्द्र भण्डारी ,चन्द्र केसी,लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन र उपसभापति भुवन श्रेष्ठ पनि गुल्मी आउने छन् ।
पार्टी कार्यालय बिपि स्मृति भवन तम्घासमा पत्रकार भेटघाट कार्यक्रम मार्फत नेपाली काङ्ग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनको बारेमा जानकारी गराएको हो ।
मङ्सिर ९ र १० गते दुई दिन जिल्ला सम्मेलन हुनेछ । मङ्सिर ९ गते चिदिचौरमा खुल्ला सत्र र १० गते बन्द सम्मेलन गर्ने पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिए ।
काङ्ग्रेसका एक हजार सात सय ४६ क्षेत्रीय प्रतिनिधि सहित १० हजार काङ्ग्रेसीलाई सदरमुकाममा उतार्ने सह सचीव तथा प्रचार प्रसार विभागका प्रमुख छवी पाण्डेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता