काँग्रेस नेता पहराइले भने,`प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मात्र मतदान गर्नु´



गुल्मी । नेपाली काँग्रेसका नेता एवम् लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराईले प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मतदान गर्न आग्रह गरेका छन् । शनिबार मालिका गाउँपालिकाकाे दर्लिङमा चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पहराइले प्रत्यक्षमा प्रतिनिधिसभामा रामकुमारी झाँक्रीलाई कलम र प्रदेश सभामा बुद्धि जिसीलाई हँसिया हथाैडामा मतदान गरि विजयी गराउन अपिल गरेका हुन् । विगतमा जितेका प्रतिनिधिहरूले राम्रोसँग काम नगर्दा अहिले पहिलाेपटक निर्वाचनमा उठेकाहरू समस्यामा परेकाे बताए । `विगतमा जितेका प्रतिनिधिले राम्रोसँग काम गरेनन, त्यसैले दलहरूप्रति वितृष्णा जागेकाे छ ।´ उनले भने, `अब गठबन्धनबाट रामकुमारी र बुद्धिलाई जिताउनु, हामीले इमानदारीताका साथ काम गर्छाै ।´ संघीय उम्मेदवार झाँक्री निर्वाचनपछि मन्त्री बन्ने सम्भावना रहेकाे र मन्त्री भइसकेपछि जिल्लाकाे विकासले तिब्रता पाउने भन्दैउनलाई विजयी बनाउन नेता पहराइले आग्रह गरे । त्यस्तै यसभन्दा अगाडि प्रदेश सभामा निर्वाचित दिनेश पन्थीले जनताको मतलाई अपमान गरि बीच बाटाेबाटै हिडेकाेले अब समृद्धि र विकासका लागि बुद्धि जिसीलाई जिताउन अपिल गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता